ओली र दाहालबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।kp-oli-prachanda-final-final4

सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष दाहाललाई जिम्मा दिएपछि पहिलो पटक दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गरेका हुन् ।

एमाओवादी बैठकले सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको थियो ।

मुलुकको समसामयिक विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा दुई नेताबीच छलफल भएको जनाइएको छ ।