स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

nepali-Congress-flag_20110409091641[1]

काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन अन्तर्गत गाविस, वडा समिति र नगर समितिमा नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भएको छ ।

सिरहा, धनुषा, बारा, पर्सा र सोलुखुम्बुबाहेकका जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । तराई मधेसमा अधिवेशन गर्न अप्ठ्यारो हुन्छ कि भनेर आशंका भइरहेका बेला तराई मधेसमा समेत स्थानीय तहको अधिवेशनमा उत्साहजनक सहभागिता रहेको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

स्थानीय तहको अधिवेशनबाट चयन भएका प्रतिनिधिहरुले नै माघ २२ गते हुने क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको चयन गर्नेछन् ।