लन्डन– एनआरएन अमेरिकाको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको फोटो दुरुपयोग भएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ ।
कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै पार्टीका अध्यक्षलगायत वरिष्ठ नेताहरुको तस्बिरसमेत राखेर अमुक उम्मेदवारको पक्षमा भाइबर लगायतका अनलाइन मिडियामा प्रचार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
एमालेले आफ्नो पार्टी ‘गैरआवासीय नेपाली संघ’लाई संसारभरि छरिएर रहेको प्रवासी नेपालीहरुको साझा चौतारीको रुपमा विकास भएको हेर्न चाहेको उल्लेख गर्दै प्रवासी नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुाजीलाई हाम्रो राष्ट्रको आर्थिक विकासमा सदुपयोग गर्न अपिल गरेको छ ।
एमालेले अमेरिका राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको सन्दर्भमा पनि यो वा त्यो उम्मेदवारको पक्ष वा विपक्षमा खडा हुनेभन्दा पनि हामी अमेरिकामा बस्ने तमाम प्रवासी नेपालीहरुको छनौटलाई पूर्णरुपले पार्टीले सम्मान गर्ने जनाएको छ ।






