रामचन्द्रले गरे एकपछि अर्को ‘डिमान्ड’

काठमाडौं– पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समस्या भएको छ ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठन भएको मन्त्रिमण्डलप्रति नै असन्तुष्टि जनाएका बरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रालयको डिमान्ड बढाउँदै लगेपछि देउवा समस्यामा परेका हुन् ।
पौडेलपक्षले भौतिक योजना, सञ्चारलगायतका ६ वटा मन्त्रालयको माग गरेपछि देउवालाई आन्तरिक व्यवस्थापन गर्न समस्या भएको हो ।
सुरुमा पौडेलपक्षले तीनवटा मन्त्रालय मागेपनि अहिले ६ वटा पुर्याएका छन् ।
पौडेलले ३,४, ५ गर्दै ६ वटा मन्त्रालय मागेपनि पौडेल समूहलाई देउवा ५ वटा मन्त्रालय दिन तयार भइसकेको छ ।
‘एकपछि अर्को डिमाण्ड थपिदै जाँदा व्यवस्थापन गर्न समस्या भएको छ, यसरी डिमान्ड बढ्दै जाने हो भने कहिल्यै सहमति हुन सक्दैन’, देउवा निकट एक नेताले भने ‘यदि यस्तै गर्ने हो भने कोही पनि नपर्न सक्छन् ।’