गगनशिला खड्का
गुल्मी ११ पौष । भनिन्छ – ‘जन्म दिने बाबुआमाको गुन जे गरेपनि तिर्न सकिँदैन ।’ तर आफूलाई जन्म दिनेहरुलाई सम्झेर सामाजिक हितको क्षेत्रमा काम गरी उहाँहरुको नाम संधै सम्झनायोग्य भने बनाउनु सकिन्छ । यस्तै सम्झेर आफ्नी आमाको सम्झनामा बेलायतमा रहनुभएका गुल्मेली यूवाले एसएलसीमा जिल्ला प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गर्नुभएको छ ।
छोरा राम प्रसाद सापकोटाले आमा नर्मदा सापकोटाको सम्झनामा एस.एल.सी परिक्षामा सर्वोत्कृष्ठ हुने बिधार्थीलाई प्रत्येक बर्ष दिने पुरस्कृत गर्ने कार्यक्रम अनुसार यसवर्ष पनि आफै उपस्थित भएर पुरस्कार प्रदान गर्नुभएको हो । गुल्मीको तम्घासमा भएको एक कार्यक्रममा गत बर्षको एस.एल.सी परिक्षामा सर्बोत्कृष्ठ अंक ल्याउने सदरमुकामको महेन्द्र उच्च माध्यमिक विधालयका छात्रा विजय बस्नेत र सोही विधालयकी छात्रा एलिजा अर्याललाई पुरस्कृत गर्नुभएको हो ।
गत बर्षदेखीको घोषणा अनुसार सापकोटाले पाँच पाँच हजारका दरले उत्कृष्ट दुई विधार्थीलाई पुरस्कृत गर्नुभएको हो । गुल्मी जिल्ला समाज युकेका सोसियल सेक्रेटरी समेत रहनुभएका सापकोटाले सो रकम आशा अपाङ्ग केन्द्र मार्फत उनीहरुका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।
आमाको सम्झनामा एसएलसीमा जिल्ला प्रथम हुनेलाई पुरस्कार






