गगनशिला खड्का
गुल्मी ११ पौष । गाउँ समाज टोल सफा राख्नका लागि मान्छेको आनिवानी परीवर्तन गर्ने तालिम अभियान सञ्चालन पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले जिल्लाको वम्घा गाविसमा ४ दिने पुर्ण आनीबानी परिवर्तन सम्बन्धी तालिम सम्पन्न गरेको छ । गाविस सचिव, उपस्वास्थ चौकि प्रमुख, वडा नागरिक मञ्चका संयोजक, महिला स्वयसेविका लगाएत २८ जनालाई चार दिन सम्म पूर्ण आनीवानी परीवर्तन सम्बन्धि तालिम दिईएको हो ।
तालिमपछि बम्घाका सरोकारवालाहरुले गाविसलाई माघ १५ गते खुल्ला दिसा मुक्त घोषण गर्ने कार्ययोजना तयार गरि लिखित प्रतिवद्धता जनाएका छन् । आनिबानीमा पुर्ण परिवर्तन गरी सरसफाई र स्वच्छतालाई दिगो बनाउन तालिमले प्रेरणा प्रदान गरेको महिला वडा नागरिक मञ्चकी संयोजक पदमा रजालीले बताउनुभयो । समाजसेवी मधु ज्ञवालीले दैनिक जीवनमा काम आउने विषयमा तालिम संचालन भएको र परिवर्तन आफैबाट शुरु गर्नपर्ने जसले गर्दा समाज बदल्न सजिलो हुने भनाई राखेका छन ।
तालिमको समापन गर्दै गाविस सचिव प्रेम प्रसाद खनालले तालिम अत्यन्त प्रभावकारी रहेको र गत आवमा आयोजना गर्न सकेको भए गाविसलाई गुहुमुक्त बनाउन निकै सहज हुने धारण राख्दै तोकेको मितिमा खुल्ला दिसा मुक्त घोषणाको लागि सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । चार दिने पुर्ण आनीबानी परिवर्तन सम्बन्धी तालिमको सहजीकरण जिल्ला विकास समिति गुल्मी, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका फील्ड संयोजक सीता भुसाल र सहजकर्ता शंकर नेपालीले गर्नुभएको थियो ।
वम्घामा आनीबानी परिवर्तन तालीम सम्पन्न






