गगनशिला खड्का
गुल्मी ११ पौष । गुल्मी जिल्ला समाज युकेले अपाङगताको क्षेत्रमा गुल्मी जिल्लामा काम गरिरहेको संस्था आशा अपाङग केन्द्रलाई आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रिय अपाङग दिवसको अवसर पारेर युकेमा भएको च्यारीटी शो अबसरमा उठेको ४ लाख रूपैँया केन्द्रलाई हस्तान्त्रण गरिएको हो । गुल्मी जिल्ला समाज युकका कल्चरल सेक्रेटरी रूद्रबहादुर थापाले एक कार्यक्रमका विच उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
गुल्मीमा जन्मेर बेलायतमा बसोवास गर्ने व्यक्तीहरुको संस्था गुल्मी जिल्ला समाज युकेले गुल्मी जिल्लामा स्वास्थ्य,अपाङ्गता भएका व्यक्तीहरुको क्षेत्रमा, सञ्चारमा लगानी गरीसकेको छ । उक्त अवसरमा थापाले ४ लाख नगद संस्थाका अध्यक्ष जर्नादन घिमिरेलाई हस्तान्त्रण गर्नुभयो । संस्थाले आफूहरूलाई गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ । समाजले उक्त केन्द्रलाई यस अघि पनि सहयोग गरिरहेको छ ।







