गगनशिला खड्का
गुल्मी १२ पौष । जिल्लमा विद्युतिय सामाग्रीको व्यवसाय गर्नेहरु संगठित भई भएका छन् । विद्युततिय सामाग्रीको व्यवसाय गर्ने ५० जना ईलेक्ट्रोनिक्स व्यवसायीहरुको भेलाले गुल्मी ईलेक्ट्रोनिक्स संघ नामक एक संस्था गठन गरेको हो ।
व्यवसायीक एकता कायम गरी आफ्नो व्यवसाय प्रबद्धनमा टेवा पुर्याउने उद्देश्यले उद्योग वाणिज्य संघ गुल्मीको सभाहलमा सम्पन्न भेलाले हाईस्पीड कम्प्युटरका प्रोपाईटर कृष्ण खनालको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय तदर्थ समिती गठन गरेको छ । भेलाले बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धालाई कमी गरि व्यवसायीक हक हितमा काम गर्ने उद्देश्यकासाथ शुरुमा सदरमुकाम क्षेत्र समेटिएपनि अव जिल्ला भरका ईलेक्ट्रोनिक्स व्यवसायीहरुलाई समेट्ने निर्णय गरेको छ ।
संघको उपाध्यक्षमा नवदुर्गा टि.भी. सेन्टरका सनोज शर्मा, सचिवमा स्नेहा मोवाइलका गणेश पाण्डेय, सहसचिवमा मनिष मोवाईलका नित्यानन्द पाण्डे, कोषाध्यक्षमा जेनिथ मोवाईलका कृष्ण पौडेल, र सदस्यहरुमा बाशु ऐर, कुलप्रसाद पाण्डे, शुरेस बिश्वकर्मा, हरि श्रेष्ठ, प्रेम श्रेष्ठ र बलराम मरासिनी रहुनुभएको छ ।
भेलाले श्याम क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । भेलामा उपस्थित बिभिन्न व्यवसायीहरुले व्यवसायीहरुले आपसमा मिलेर संस्थालाई नाम मात्रको नबनाई सक्रिय बनाउने धारणा राखेका थिए । व्यवसायीक हक हितका लागि संस्थाले सहकार्यका आधारमा काम गर्ने अध्यक्ष खनालले बताउनुभयो ।
गुल्मीमा विद्युतिय सामाग्री व्यवसायी संगठित , अध्यक्षमा खनाल






