गल्कोट समाज यूकेले गर्यो क्षेत्रिय समिति गठन : को कहाँ बाट ? (नामावली सहित)

लण्डन । बागलुङको गलकोट घर भई हाल बेलायतमा रहेका नेपालीहरुको संस्था गल्कोट समाज युकेले बेलायतका विभिन्न स्थानमा आफ्नो कार्यक्षेत्र विस्तार गरिरहेको छ ।

गृह जिल्ला र पालिका तथा बेलायतमै पनि विभिन्न सामाजिक सेवामा सक्रिय संस्थाले बेलायतमा रहेका गल्कोटेहरुलाई एकताबद्ध गर्दै समाज भित्र आबद्ध गराउने कार्यक्रम अन्तर्गत बेलायतका विभिन्न स्थानमा शाखा विस्तार भईरहेका छन् ।

जसअन्तर्गत समाजले गल्कोटेहरुको बसोबास रहेको क्षेत्र मिड्ल्याण्डको बर्मिहघम क्षेत्रमा पनि आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ । अप्रिल २५ तारिख अर्थात सोमबार उक्त क्षेत्रमा रहेका सबै सहरहरुलाई समेट्ने गरी शाखा विस्तार गरिएको समाजका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

चन्द्र सहानीको सयोंजक रहने गरी १५ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै सचिवमा दिनेश कडेंल,कोषाध्यक्षमा खगेन्द्र साहानी सदस्यहरुमा आसा सापकोटा,कृष्ण गौतम,ढुण्डी सापकोटा,राजुमान निउरे,पदम खत्री,सागर गैरे,टीका साहानी,कमला साहानी,अजय साहानी र बम नेपाली लगायत रहेका छन् । २ जना सदस्य भने पछि मनोनयन गर्ने बताईएको छ ।

शाखा विस्तार कार्यक्रममा केन्द्रिय पदाधिकारीहरु,अध्यक्ष भोजराज कडेल ,महासचिव बिष्णु चालिसे,नि वर्तमान अध्यक्ष राजु कंडेल, सदस्य सुरेस भण्डारी साथै समाजका अन्य पदाधिकारी एवम् सुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष भोजराज कडेंलले लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै बेलायतमा समाजको क्षेत्रीय समिति एवम् शाखाहरु विस्तार गरी धेरै भन्दा धेरै बेलायतमा रहेका गलकोटेहरुलाई आबद्ध बनाउने र विभिन्न कामहरुमा सक्रिय सहभागीता बनाउने उद्धेश्य रहेको बताए । उनले समग्र गृह जिल्ला बागलुङलाई नै समेटेर सामाजिक रुपमा अझै सशक्त भएर लाग्ने समेत बताए ।

समाजले विभिन्न क्षेत्रीय समिति र शाखाहरु मार्फत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ । जसअनुसार लन्डन र वल्सको लागि केन्द्रिय उपाध्यक्ष डिलराम गौतम( सयोंजक) मिड्ल्याड्को लागि ,केन्द्रिय उपाध्यक्ष चन्द साहानि ( सयोंजक) यसैगरी सक्ट्लयान्ड,र नर्दन आयरल्यान्डको लागि उपाध्यक्ष गोविन्द कंडेल ( सयोंजक ) रहेका छन् ।