गगनशिला खड्का
गुल्मी ११ पौष । नेपाल महिला संघ गुल्मीको अध्यक्षमा फेरी पनि विष्णु सापकोटा निर्वाचित हुनुभएको छ । अध्यक्षमा सापकोटाको यो लगातार तेश्रो जिम्मेवारी हो । सदरमुकाम तम्घासमा सम्पन्न तेश्रो अधिवेशनले अधिबेशनले सापकोटाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने सचिव देवी कुँवर, पार्वती केसी, कोषाध्यक्ष देवी पुन सदस्य क्षेत्र नं १ बाट चन्दा गौचन, लक्षिमा भण्डारी, निर्मला पाण्डे, इश्वरा ज्ञावली, दलित सदस्य रुपा सुनार र जनजाती सदस्यमा मायादेवी थापा रहनुभएको छ । त्यस्तै क्षेत्र नं २ बाट सिता विक, ओम कुमारी जिसी, सुभित्रा भण्डारी, हरीकला ज्ञावली, शान्ता कार्की जनजाती सदस्य रिता थापा (सान्वनी ) क्षेत्र नं ३ बाट कमला पाण्डे, हेमन्ता अर्याल, सीता अर्याल, मधु कुवर, अपाङ्ग सदस्य विष्णु कुँवर, जनजाती सदस्य विष्णु श्रीस र दलित सदस्य विजुला परियार, रहुनभएको छ । 
अधिबेशनले २४ सदस्यीय महाधिबेशन प्रतिनिधि समेत चयन गरेको छ । जसमा क्षेत्र नं १ बाट गंगादेवी भण्डारी, सिता बलाल, गिता थापा, मनकला भण्डारी, देवी पुन, जनजातीतर्फ यमुना थापा, दलिततर्फ गिता किसान, अल्पसख्यक पिछडिएको क्षेत्रबाट राधा गुरुङ्ग छन्तेल, क्षेत्र नं २ बाट विष्णु सापकोटा, अम्वीका श्रेष्ठ, अमृता कुवर, पार्वती गौतम, भगवती काफ्ले भण्डारी, धना भण्डारी, जनजातीतर्फ मिना राना र दलिततर्फ सिता विक रहनुभएको छ । क्षेत्र नं ३ बाट जानकी भण्डारी,पार्वती कुँवर, सावित्री श्रेष्ठ, नईन्द्रा गुरुङ्ग, विष्णु कँुवर, सजना विक, अमृता पराजुली, मिना पाण्डे रहनुभएको छ ।

अधिबेशनले क्षेत्र नं १ मा मिना जिसीको अध्यक्षामा ११ सदस्यीय क्षेत्रिय समिति निर्वाचित गरेको छ । जसको सचिवमा भुमा गुरुङ्ग, कोषाध्यक्षमा लक्ष्मी शर्मा भण्डारी, सदस्यमा सरीता घिमिरे, कमला पाण्डे,इश्वरा ज्ञावली, तुलसा भुषाल,दिपा थापा,सुमित्रा खत्री,चन्दा गौचन, रेनुका सापकोटा रहनुभएको छ । लक्ष्मी पाण्डेको अध्यक्षतामा निर्वाचित क्षेत्र नं २ को क्षेत्रिय समितिमा सचिव पवित्रा खनाल,कोषाध्यक्ष सिता आचार्य,सदस्यमा रमा खड्का,नर्मती राकस्कोटी, निर्मला पाण्डे,आशा थापा,विष्णु श्रेष्ठ,मिना ज्ञावली,धर्मा महत,प्रितमा पोख्रेल रहुनभएको छ । त्यस्तै क्षेत्र नं ३ को नेपाल महिला संघ क्षेत्रयि समितिमा अध्यक्ष अनिशा अर्याल,सचिव शुसिला भुसाल,कोषाध्यक्ष पार्वती केसी,सदस्यहरुमा रचना श्रीस,विमला अधिकारी,महादेवी भण्डारी, शकुन्तला पन्थी, अनिता राना,कमला गुरुङ्ग,विजुला जिसी र इन्दिरा गौतम रहनुभएको छ ।
त्यसैगरी नेपाल महिला संघ रेसुङ्गा नगर कार्यसमिति समेत चयन गरिएको छ । नगर समितिको अध्यक्षमा गंगादेवी पाण्डे, सचिव कल्पना पन्थी, कोषाध्यक्ष निर्मला केसी, सदस्यहरुमा कमला पन्थी, सावित्रा खनाल, खिमा बस्नेत, दिपकला खत्री, धनकला पन्थी, वसन्ता पन्थी, मञ्जु पन्थी, धना विक रहनुभएको छ ।
अधिबेशनलाई सम्वोधन गर्दे गुल्मी क्षेत्र नं १ का सभाषद कृष्ण बहादुर छन्तेलले राजनितिमा महिलाहरुको सहभागिता हुनु एउटा महिला ससक्तीकरण भएको बताउनुभयो । नेपाली काँग्रेस गुल्मीका सभापति चन्द्र केसीले पार्टीमा महिला सहभागिताले पार्टी र संगठन बलियो हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिब अम्वीका श्रेष्ठले गर्नुभएको थियो ।








