सत्याग्रहले गोरखा स्मारक लण्डनमा शोकसभा गर्यो …

सन्तोष थलङ –
लण्डन,
 गोरखा सत्याग्रह संयुक्त संघर्स समितिले, बेलायत वाशी सयौं गोरखा र तिनका परिवारको समुपस्थितिमा ३० अप्रिल २०१५ कादिन लण्डनमा अवस्थित गोरखा स्मारकमा गई गत २५ अप्रिलका दिन नेपालमा आएको महा विनाशकारी भूकम्प द्वारा दिवंगत हुनुभएका सम्पूर्ण नेपालि दाजुभाई दिदीबहिनीहरु साथै बेलायति साम्राज्यका लागि विश्वको पहिलो, दोस्रो यूद्धमा लगायत हाल सम्म का विभिन्न युद्धमा बीरगती प्राप्तगर्नुभएका बीर गोरखाहरूका दिवंगत आँत्मा प्रति भावपूर्ण श्रद्धान्जली अर्पणगर्दै १ मिनट मौनधारण गरि शोकसभा सम्पन्न गरेकोथियो । 

उक्त दिन सोहि स्थानमा बेलायति रक्षामन्त्रालय ले आयोजना गरेको जी २०० (G-200) को उत्शवलाई सत्याग्रहले ससक्त बिरोधगर्दै असफल पारिदिएको थियो ।
करिव ४/५ सयका संख्यामा उपस्थित गोरखा र तिनका परिवारहरुले, बेलायति रक्षामन्त्रालयले २०० सय वर्ष देखि गोरखाहरुलाई निरन्तर विभेद गरिरहेको यो अवस्थामा दुनियाको आँखामा छारो हाल्न गोरखा भर्ति आरम्भ भएको २०० वर्षगाठको उत्सव आयोजनागरेको प्रति आपत्ति जनाउदै गोरखाहरूलाई गरेको विभेदहरुका बिरुद्ध भत्सर्नायुक्त अभिव्यक्ति सहितको कालो ब्यानर र प्लाकार्डहरुले टेन डाउनिङ् स्ट्रिट र एम ओ डि बिल्डिंग परिसर ढाकेको थियो ।
 उक्त बिरोध कार्यक्रमलाई बेलायति टिभी, रेडियो तथा पत्र पत्रिका साथै नेपालि संचार माध्यमहरुले महत्वका साथ प्रचार प्रसारण गरेकाथिए ।
गोरखा सत्याग्रहका अगुवाहरुले एमओ डि ले गोरखाहरूलाई क्षेतीपूर्ती सहित समान पेन्सननदिई, आयोजना गरिने यस्ता तथाकथित कुनै पनि उत्शवहरुको घोर भत्सर्नागर्दै ससक्त बिरोधगर्ने घोषणा गरे ।