सहारा युके राहत वितरण गर्दै गोरखा तर्फ

बाचस्पती रेग्मी ,

अल्डरसट

सहारा पोखरा, सहारा हंगकंड़ग र सहारा युकेको संयुक्त टोलीले महाभुकम्पमा परी पीडीत भएका गोरखा बारपाकका जनताहरुलाई आफ्नो टोली गाउ मैं पुगी राहत वितरण गर्यो। सधै सहयोगको लागी अगाडी रहेको सहारा समूह यो दुखद घडीमा पनी आफै घटनास्थल पुंगी सहयोग गर्नु महान कार्य हो । १ लाख ५० हज़ार मुल्यको खानेकुरा, पानी र लत्ताकपडा ख़रीद गरी बारपाकका जनतालाई भर्खरै वितरण गरेको कुरा सहारा युकेका अध्यक्ष दिलीप कुमार गुरुड़गले बताउनु भएको हो ।1546057_759764407371908_1963951538_n[1]

भविष्यमा भुकम्पको उध्दारका लागी आवश्यक सहयोग गर्न सहारा र आफु सधै तयार रहेको कुरा पनी गुरुड़गले ब्यक्त गर्नुभएकोछ । साथै महाभुकम्पको सहयोगार्थ ७ मे २०१५ िबहीवारको बेलुका ७ बजे अल्डरसट टाउन फुटबल ग्राउण्डमा बारक्ले प्रिमीयम लीग अण्डर २१ को चेलीसा फुटबल क्लब र लीभरपुल फुटबल क्लबका बीच फुटबल मैच हुने भएकोछ। सो समयमा सहारा क्लबको तर्फबाट २ वटा च्यारीटी बकेट लीएर बस्ने र राहत संकलन गर्न सकीनेछ। सो फुटबल खेल हेर्न आउने दर्शक खेलप्रेमीहरुको टिकट बिक्रीबाट संकलन भएको सम्पुर्ण रक़म भुकम्प पीडीतलाई उपलब्ध गराउने कुरा अल्डरसट टाउन फुटबल क्लबका चेयरमैन साहीद अज़ीमले बताउनु भएकोछ।

भुकम्प पीडीतको राहतको लागी राहत संकलन होस् भन्ने उद्देश्यले साहीद अजीमको सक्रीयतामा यो मैच हुन लागेको हो। सो खेल प्रवेश शुल्क ३ पौण्ड रहेको र गत बर्ष सो अण्डर २१ प्रीमियम लीग हेर्न ४ हज़ार दर्शक उपस्थित िथयो। यस पटक गत बर्ष भन्दा बढ़ी दर्शकहरु प्रवेश गराउन फ़ेसबुक , ट्विटर , भाईवर, इमेलद्वारा प्रचार गरीएको,बीएफबीएस रेडियो मार्फ़त प्रचार प्रसार गरीएको, नेटवर्कद्वारा समाजमा प्रचार प्रसार गरीएको छ भने यस्तो सहयोगको पुनीत कार्यमा सबै नेपालीहरुलाई फुटबल हेर्न आउनु भै हातमा हात राखी सहयोग र एकबध्यता जनाउन सहारा युकेले हार्दिक अनुरोध गरेकोछ।11185678_10204187644036564_1992811584_n[1]