चार सन्तान जन्माउने गुल्मेली दम्पतीले मागे गुहार

santanकाठमाडौं- एकैपटक चार सन्तान जन्माउने गुल्मी जैसीथोक,२ रातोपोखराका जनक कुँवर दम्पतीले गुहार मागेका छन् । आफ्ना चम्ल्याहा बच्चाको उपचार, पोषण र लालनपालनलका लागि सहयोगको अपिल गरेका छन् ।

चम्ल्याहाका पिता जनकले भने, ‘जन्माएको बच्चा मैले मार्न पनि सक्दिन । अब अस्पतालबाट बाहिर लैजान पनि सक्दिन ।’ उनले मनमा खुसी हुँदा हुँदै पनि शिशुको लालनपालन, पोषण र भविष्यको चिन्ताले सताएको बताए ।

अहिले उनलाई उपचार खर्चकै अभाव भएको छ , उपचारमा अहिलेसम्म डेढ लाख बढी खर्च भइसकेको कुँवरले बताए । विपन्न परिवार र कमजोर आर्थिक अवस्था भएकाले उनलाई पैसा अभाव भएको हो ।

गत पुस ३० गते चम्ल्याहा बच्चाको जन्म भएको हो ।

दुई बच्चा अहिले पनि एनआईसीमा छन् । तिनको दैनिक उपचार खर्च ३ हजार बढी छ । बिरामीलाई आवश्यक औषधि लगायत खाने बस्ने खर्च भएको छ ।

अस्पतालका अनुसार दुई जना स्वस्थ्य भएकाले आमाको काखमा लगेर राखिएको छ ।

कलेजका कम्पनी सचिव निर्दोष खनालले आमाको खर्च नलाग्ने तर बच्चाको उपचार र औषधिको लाग्ने खर्चमा ५० प्रतिशत छुट दिने निर्णय व्यवस्थापनमा भएको बताए ।