प्रकाश कँडेल
लन्डन । बेलायतमा नेपाली समुदायकै पहलमा स्थापित लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्याल केहि समयका लागि नेपाल जाने भएपछि कार्यसमिति उपाध्यक्ष रहेका भोजराज कँडेल कार्यबाहक अध्यक्ष बनेका छन्।
यस्तो छ कार्यसमिति–
गत अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको थियो ।
जसको उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र सहायक सचिवमा रामकृष्ण अर्याल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गोकुल न्यौपाने, लक्ष्मण न्यौपाने, गुणाखर गौतम, आनन्द धरेल, हरि गोविन्द गुरुङ,पुण्य रेग्मी,अम्बिका भण्डारी र सुदेशा सिग्देल बजगाईं लगायत रहेका छन् ।
कार्यवाहक अधयक्ष कण्डेलले बेलायतबासी सम्पूर्ण नेपालीलाई नेपाली नयाँ बर्ष २०८१ को शुभकामना ब्यक्त गरेका छन्।






