लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठकले विभिन्न पदहरुमा मनोनयन, सिफारिश तथा जिम्मेवारी बाँडफाँड र कार्ययोजना तय गरेको छ ।
आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भएको शाखाको बैठकले पाँचौं कार्यसमितिमा रिक्त तीन जना सदस्यमा मिलन तमु, बाचस्पति रेग्मी र बम थापा सूर्यवंशीलाई मनोनयन गर्दै केन्द्रीय प्रतिनिधिमा विमला सेने र विश्वासदीप तिगेलालाई सिफारिश गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, बैठकले सल्लाहकारहरुमा भगिरथ योगी, नवीन पोखरेल, चिरन शर्मा, नरेश खपांगी मगर, श्याम लुईंटेल, सोनाम छिरिङ शेर्पा, विकलचन्द्र आचार्य, फडिन्द्र भट्टराई, दूत पुन, कुशल श्रेष्ठ, लिलामान शेरपुञ्जा, पूर्ण गुरुङ, नरेश काङमाङ राई, प्रजय शुक्ल र डा शिव तिवारीलाई मनोनित गरिएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष दिनेश परियार संयोजक, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र कार्यसमिति सदस्य नगेन्द्र नेम्वाङ सदस्य रहने गरी सीप तथा क्षमता अभिवृद्धि विभाग, उपाध्यक्ष प्रमिला लावुङ राईको संयोजकत्वमा सचिव खेमराज रानाभाट र कार्यसमिति सदस्य गोमा राना सदस्य रहेको कार्यक्रम तथा समुदाय समन्वय विभाग र उपाध्यक्ष शिव भण्डारीको संयोजकत्वमा कार्यसमिति सदस्यद्धय मिलन तमु र बाचस्पति रेग्मी सदस्य रहेको प्रचारप्रसार विभाग गठन गरिएको छ ।
त्यसैगरी, महासचिव नरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट सदस्य रहेको संगठन तथा सदस्यता व्यवस्थापन विभाग र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङको संयोजकत्वमा सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु बम सुर्यवंशी र जयराम तामाङ सदस्य रहेको आर्थिक विभाग गठन गरिएको छ ।
बैठकले शाखाको सदस्यता नियमावलीबारे अध्ययन तथा आवश्यक संशोधनको प्रस्ताव तयार गरी कार्यसमितिमा पेश गर्ने म्याण्डेटसहित उपाध्यक्ष प्रमिला लावुङ राईको संयोजकत्वमा महासचिव नरेन्द्र बस्नेत र सचिव खेमराज रानाभाट सदस्य रहेको सुझाव समिति गठन गरेको छ ।
बैठकले शाखाको सदस्यता नविकरणका क्रममा छुटेका सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्यलाई महासंघ केन्द्रीय समितिसंगको समन्वय र परामर्शमा अघि बढाउने निर्णय गर्दै उक्त कार्यको संयोजन गर्ने जिम्मा महासचिव नरेन्द्र बस्नेतलाई दिएको छ ।
शाखाले कुनै जरुरी निर्णयहरु लिनुपर्ने र पूर्ण कार्यसमितिको बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णयहरु लिने म्यान्डेटसहित शाखाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ९ पदाधिकारी सदस्य रहने गरी पदाधिकारी बोर्ड गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पत्रकार आचारसंहिताको कार्यान्वयनलाई प्रोत्साहन गर्ने र मर्यादित पत्रकारिताको विकास गर्ने लक्ष्यसहित कार्यसमितिलाई आवश्यक परामर्श र सिफारिश गर्ने गरी एक अनुशासन समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ । सो समिति गठनको प्रक्रिया अघि बढाउनको लागि आवश्यक गृहकार्यको जिम्मा अध्यक्षलाई प्रदान गरिएको छ ।
बैठकले बेलायत तथा नेपालमा रहेका पत्रकारहरुको स्तर उन्नति र सीप, क्षमता विकासका लागि बेलायत तथा नेपाल दुवै ठाउँमा विभिन्न कार्यक्रम, तालिम, गोष्ठीहरु आयोजना गर्ने, प्रस्ताव पारित गरेको छ । ती कार्यक्रमहरुको ठोस योजना, खाका र प्रस्तावहरु तयार गरी आगामी बैठकमा पेश गर्ने जिम्मेवारी सम्बन्धित विभागहरुलाई प्रदान गरियो ।
कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्षहरु प्रमिला लावुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ र जयराम तामाङसहित सिंगो कार्यसमितिको सहभागिता थियो ।






