उपेन्द्र महतोले १५ करोड सहयोग गर्ने:

upendra-mahato-300x300

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प पीडितहरुलाई १५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।

महतोले फूलकुमारी महतो ट्रष्ट मार्फत भूकम्प प्रभावित जिल्लाका अत्यधिक क्षतिग्रस्त स्थानमा विद्यालय र खाद्य तथा अन्य आवश्यक सामग्री सहयोग गर्ने महतोले घोषणा गरेका हुन् ।

उनका अनुसार करिब १२ करोडको लागतमा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गर्ने र भूकम्प पीडितलाई तत्कालै करिब तीन करोड रुपैयाँ बराबरको फेमिली टेन्ट, ओछ्यान, खाद्य र सरसफाई सामाग्री वितरण गरिने छ ।