काठमाडौं– आगामी माघ २ गतेभित्र १२ औं महाधिवेशन गर्नुपर्ने म्यान्डेट पाएको काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको नेविसंघले जनाएको छ ।
१२ औं महाधिवेशनबारे जानकारी दिन आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष महरले जानकारी दिए ।
महरका अनुसार मंगलबार दिउँसो १२:४५ बजे संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेविसंघको महाधिवेशनका लागि गर्नुपर्ने तयारी र महाधिवेसनको मिति समेत घोषणा गरिनेछ ।
नेविसंघ श्रोतका अनुसार पुस २७ गते महाधिवेशन उद्घाटन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिनेछ ।
नेविसंघको महाधिवेशनन अघि स्थानीय तह, पालिका जिल्ला समन्वय, त्रिवि क्याम्पस इकाई, सिटिइभिटी र प्रदेशको अधिवेशन गरेर अन्तिममा केन्द्रको अधिवेशन गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि समय छोटो भएकाले ति सवै काम गर्न असम्भव हुने नेविसंघकै असन्तुष्ट पक्षको भनाई छ ।
‘महाधिबेशनका लागि कार्यकतालिका सार्वजनिक गर्नु राम्रो र सकारात्मक हो तर, विगत दुई बर्ष ३ महिनामा महाधिबेशन गर्न नसकेको वर्तमान नेविसंघको नेतृत्वले अवको डेढ महिनामा महाधिवेशन गर्ला भन्ने विश्वाश छैन’असन्तुष्ट पक्षका एक नेविसंघका नेताले बताए ।






