काठमाडौं- वाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ ।
चैत २२ गते बसेको वाम एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो । कार्यदलले तयार पारेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा सहमति नजुटेका विषय एकता संयोजन समिति मार्फत टुंग्याउन बुधबार ५ बजे बैठक बोलाइएको थियो ।
एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवस्थ्य भएकाले बैठक स्थगित भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।






