पूर्वमन्त्री लालबाबु पण्डितको आँखाको शल्यक्रिया

काठमाडौँ- नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितको तिलगङ्गा अस्पतालमा आज बायाँ आँखाको सफल शल्यक्रिया गरिएको छ ।

उहाँको आँखामा मोतीविन्दुको समस्या भएपछि आजै अस्पताल भर्ना गरिएको र डा सन्दूक रुइतको समूहले शल्यक्रिया गरेको हो ।

दायाँ आँखामा पनि मोतीविन्दु रहेकाले अर्को साता शल्यक्रिया गरिने बताइएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका स्वीकिय सचिव ओसिम आलमले जानकारी दिनुभयो ।

उहाँको एक सताअघि मीनभवनस्थित निजामती अस्पतालमा उपचार भएको थियो । सोही समयमा चिकित्सकले दिएको सुझावअनुसार आज आँखाको शल्यक्रिया भएको हो ।