लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ गरेको छ । गोर्खा प्यालेस रेष्टुरेन्ट, फानबोरोमा मंगलबार सांझ एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो । संघको तर्फबाट अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीलाई मायाको चिनो, पुष्पगुच्छा एवं खादा प्रदान गरे ।
कार्यक्रममा वक्ताहरुले क्षेत्रीले नेपाली समुदाय र राष्ट्रका लागि उल्लेख्य काम एवं दूतावासभित्र आमुल परिवर्तन ल्याएको भन्दै खुलेर प्रशंसा गरे । कतिपय वक्ताले क्षेत्रीलाई पुनः राजदूतका रुपमा स्वागत गर्न पाइयोस् भन्ने कामना समेत गरेका थिए।
क्षेत्रीले बेलायत नेपाल कुटनीतिक सम्वन्ध मजवुत बनाउन, भूकम्पपछि नेपाली र बेलायती समुदायबाट करिब ७ करोड रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाउन र दूतावास रंगरोकन एवं ढिलासुस्ती अन्त्य गर्न मुख्य भूमिका निर्वाह गरेको वक्ताहरुले बताएका थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले आफ्नो कार्यकालमा साथ दिने समस्त नेपाली समुदाय र संघसंस्थाप्रति आभार व्यक्त गरे । उनले काम गर्ने सिलसिलामा केही कमी कमजोरी भए क्षमा दिन पनि आग्रह गरे ।
एनआरएनए यूके अध्यक्ष मुक्षेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार विश्व आदर्श पण्डित, युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मेजर रि. डमर घले, योगेन क्षेत्री, एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, विश्व हिन्दू महासंघ यूकेका अध्यक्ष चिरञ्जिवी ढकाल, गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ध्रुवराज अर्याल, । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा,ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा, कल्पना आङबुहाङ, थर्क सेन, कमल भण्डारी, योगकुमार फगामी, एलएन पाण्डे लगायतले क्षेत्रीको चर्चा गर्दै शुभकामना दिएका थिए भने रमेश अधिकारी, ललित न्यौपाने र फडिन्द्र भट्टराईले कविता र मुक्तकबाट क्षेत्रीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष दासु पाण्डेले स्वागत र शान्ति थापा कुंवरले धन्यवाद मन्तव्य दिए । कार्यक्रमको संयोजन र सञ्चालन संघका सचिव फडिन्द्र भट्टराईले गरेका थिए ।![13454159_10206550661274113_1047913066_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13454159_10206550661274113_1047913066_n1.jpg)
![13457683_10206550650113834_1890919368_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13457683_10206550650113834_1890919368_n1.jpg)
तस्विरः मिलन तमु







![13394085_1244467792283332_7224988605061177220_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13394085_1244467792283332_7224988605061177220_n1.jpg)