पिटरबरो ।
बेलायतको मिडल्याण्ड र यस वरपरका विभिन्न चार संस्थामिलेर बनेको साझा नेपाली समाजले गत १३ जुन२०१६, सोमबार साँझ लेसेष्टरस्थित म्यापल बैंक्वेटिंग हलमा कल्याणकारी कोष सहयोगार्थ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
स्थानिय लेसेष्टर, नटिंघम, ओल्भरह्याम्पटन, पिटरबरो, बर्मिंघम, ग्रान्थाम, स्पाल्डिंग, कोलबेल, ननिटन, डर्बी र यस वरपर रहेका करीव ३०० नेपालीहरुको उपस्थितिमा नेपालबाट आएकाहालका चर्चित हाँस्य कलाकारद्धय बले रकक्रोचका साथमा चर्चित लोक गायिका एवं मोडेल ज्योती मगरको उत्कृष्ट प्रस्तुतीले साँझ मनोरन्जनले भरिपूर्ण बनेको थियो ।
कलाकारको संयोजन एवंप्रस्तोता सपन राईले पनि सुरिलो स्वरमा गीत गाएर वातारणलाई उत्कृष्ट बनाएका थिए । पवित्र उद्देश्यका साथ नेपालमा परेका विपत्तिका लागि सहयोग जुटाउन गरिएको उक्त साँस्कृतिक कार्यक्रमले मिड्ल्याण्ड र यस वरपररहेका नेपालीलाई एक सकारात्मक सन्देश जानुकासाथै यसबाट उठेको रकम नेपालमा पुराइने साझाका अध्यक्ष रण के.सी.ले बताए ।
पिटरबरोका नेपालीहरुबाट शुरु गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने अभियानलाई साझाले पनि समर्थन गर्दै साझाका उपाध्यक्ष महेशअधिकारीको संयोजकत्वमा सहयोग संकलन गर्ने निर्णय आजै गरेको जानकारी गराउँदै सबैमा सहयोगको अपील पनि गरे । साझाका अध्यक्ष रण के.सी.को सभापतित्वमा सम्पन्न पहिलो चरणको संक्षिप्त कार्यक्रममा साझाका निवर्तमान् अध्यक्ष एवं सल्लाहकार राजू कंडेलले वर्तमान् कार्यसमितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको परिचय गराएका थिए ।
साझाको कल्याणकारी कोषको लागि गरिएको यस सांस्कृतिक साँझका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शंकर भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संस्थाका महासचिव हरी कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य गरेका थिए ।
कल्याणकारी कोष व्यवस्थापन समितिका संयोजक एवं लेसेष्टर समाजका निवर्तमान् अध्यक्ष दयानिधि सापकोटाले कोषका बारेमा बोलेका थिए। कार्यक्रमको दोश्रो चरणमा पत्रकार एवं रेडियोआर.जे.नृपेश उप्रेतीको उद्घोषण, ज्योती मगरको नृत्य एवं हास्य कलाकारद्धयको प्रहशनले कार्यक्रमका उत्कृष्ट हुनुका साथै सहभागी भरपूर मनोरन्जन लिएका थिए । श्रृजनशील लेष्टरसमाजका अध्यक्ष पशुपती पोखरेलको उत्कृष्ट नेपाली खानाको व्यवस्थापनको साथमा साँझ ६ बजे शुरु गरिएको कार्यक्रम राति १०.३० सम्म चलेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रण के.सी. र कार्यक्रम संयोजक शंकर भण्डारीले कलाकारहरुलाई सम्मान गर्नुका साथै सहभागी साझा नेपाली समाजसंग आवद्ध सबै संघ संस्था एवं शान्ती नेपाली समाजका महासचिव कृष्ण ढकाल लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।![13472304_10206550359426567_734086687_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13472304_10206550359426567_734086687_n1.jpg)







![13451163_10206550347786276_421691603_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13451163_10206550347786276_421691603_n1.jpg)
![13459556_10206550345426217_2100460785_n[2]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/06/13459556_10206550345426217_2100460785_n2.jpg)