काठमाडौं – प्रमुख तीन दलका नेता, सभामुख सहभागी बैठकमा कानुनमन्त्री अजय शंकर नायकले निर्वाचनसँग सम्बन्धित कानुन पारित गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
उनले संसद्मा टेबुल हुनै बाँकी रहेका विधेयक मात्र नभई संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन तीनवटा निर्वाचनसँग सम्बन्धित कानुन अड्किएकोमा गुनासो गरेका थिए ।
मन्त्री नायकले समितिमा रहेको विधेयकलाई तीव्रताका साथ लैजानुपर्ने बताएका थिए ।
सभामुख भन्छिन्–अदालतको आदेशले संसद्का लागि बाटो खुला
अदालतले हामीलाई स्पष्ट रूपमा आफ्नो काम अगाडि बढाउन बाटो खुला गरिदिएको छ ।
त्यसले आ–आफ्नै अडानमा रहेका दलहरूलाई पनि सहमतिमा आउन सकारात्मक वातावरण बनाइदिएको छ ।
अदालतको आदेशपछि दलहरूले सहमति गर्छाैं भनेका छन्, भएन भने प्रक्रियामा सहमति गरेर संसद्को निर्णयलाई सबैले मान्ने गरी अब अगाडि बढ्छौँ ।
दलहरूले सहमतिको खोजीकै लागि समय माग गर्नुभएअनुसार २४ गतेसम्मलाई समय दिएर संसद् स्थगित गरेका छौँ ।






