बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा नै मुछिए पनि सजाय भोग्नुपर्छः नेता केसी

झापा- नेपाली कांगे्रसका नेता अर्जुननरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज गरिएको पत्रकार सम्मेलनमा नेता केसीले बालुवाटार जग्गा घोटालामा नेता, कार्यकर्ता, कर्मचारी वा जोकोही मुछिए पनि पनि सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारले आँट गर्नुपर्ने बताए ।

नेता केसीले वर्तमान सरकार काण्डैकाण्डले बेरिएको भन्दै सबै सुरक्षा अंग आफ्नो मुठीमा राखे पनि हत्या, हिंसा, बलात्कारलगायतका आपराधिक घटनामा कुनै कमी आउन नसकेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *