लन्डन ।
बिदेशमा नेपालीहरुको बढ्दो उपस्थिति संगसंगै बिभिन्न पेशामा त्यहा स्थापित हुने क्रममा बिभिन्न देशको स्थानीय राजनीतिमा पनि नेपालीहरुको बलियो उपस्थिति देखिन थालेको छ । 
बेलायतमा पनि अहिले स्थानीय राजनीतिमा नेपालीहरुले निर्वाचन नै जितेर अगाडी आइसकेका छन् । सन् २००७ मा पुर्ब गोर्खा सैनिक धन गुरुङले लिब डेम पार्टीबाट काउन्सिलरमा निर्वाचित भएर शुरु भएको यो अभियानमा अहिलेसम्म नेपालीहरु डेपुटी मेयरसम्म बनिसकेका छन्।
बिगतमा आफ्नै नेपाली संघ- तथा नेपाली राजनीतिक संस्थाहरुमा मात्रै सिमित नेपाली डायस्पोरा फरक सोंचका साथ् अगाडी आउनुलाइ सकारात्मक रुपमा लिइएको पाइन्छ । यस क्रममा अझ एक कदम अगाडी बढेर नेपाली पनि उम्मेदवार छनौट बोर्डमा नै छानिएका छन् ।
बिगत सन् २०१० देखि बेलायतको लेबोर पार्टीमा संलग्न शिवजी श्रेष्ठ भर्खरै बेजिंगस्टोक लेबोर पार्टीको स्थानीय काउन्सिलरका उम्मेदवार छान्ने छनौट बोर्ड सदस्यमा मनोनित भएका छन् । वेल्समा हुदा स्थानीय लेबोर पार्टीको मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक लेबोर पार्टीको ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (प्रमुख) को रुपमा कार्यरत छन् , जसको मुख्य कार्य आगामी स्थानीय निर्वाचनमा लेबोर पार्टीको तर्फबाट उम्मेद्द्वार चयन गर्ने हो ।






