वीरगन्ज। प्रहरीको कुटाइबाट वीरगन्जका एक दलीत युवतीको आखा गुमेको छ ।
बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबिमाइ मन्दिरका पुजारी भूषण पासवान दासको १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले नै एउटा आखा फुटाएको छ । प्रहरी जवान दिपेन्द्र झा घटना स्थलबाट फरार भएका छ्न ।
बिहान ११ बजे इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाको कुटाइ बाट आफ्नो आँखा गुमेको पिडित पासवानको आरोप छ ।
प्रहरीले चलाएको लठ्ठी लागि बायाँ आँखामा गम्भीर चोट लागि फुटेको उनको पिता भुषणले बताए ।






