राष्ट्रिय सभाका उम्मेदवारहरु छान्दै एमाले

:yfoL sld6L a}7sdf ;xefuLx?Pdfn]sf cWoIf s]kL zdf{ cf]nLsf] afnsf]6l:yt lgjf;df laxLaf/ pxfFs} cWoIftfdf a;]sf] :yfoL sld6L a}7sdf ;xefuL Pdfn] g]tfx? . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

काठमाडौँ- नेकपा एमालेको स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाको लागि एमालेले उम्मेदवार बनाउने २९ जनाको नाम टुङ्याउने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।

२ गते भएको संयुक्त कार्यदलले सिफारिस गरेका सदस्य संख्या हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बेठकले अनुमोदन गरेको छ ।

आज बस्ने स्थायी समितिको बैठकमा हिजो ओली निवासमा भएको संयोजन समितिमा भएको छलफलको पनि ब्रिफिङ हुने जनाइएको छ ।

एमालेले राष्ट्रिय सभामा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिसहित मिलाएर २९ जनाको नाम आज टुङ्ग्याउने नेम्वाङले बताए ।