काठमाडौं– दुई महिनापछि काठमाडौं उपत्यकामा बिहीबार बिहान लोडसेडिङ भयो ।
उपत्यकासहित देशभर बिजुली आउने–जाने भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कको ‘नो लाइट’ शाखाका अनुसार प्रणालीमा आएको खराबीले बिहानैदेखि बिजुली आउने–जाने भइरहेको छ । स्युचाटार सवस्टेशनमा आएको खराबीले विद्युत आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार समस्या हटाउन प्राविधिकहरु खटिएका छन् ।






