पासा पुच:ह गुठी युकेको चौथो बृहत् भेला रिडिङमा:

लण्डन

11751091_10204581547767506_991810535_n[1] पासा पुच:ह गुठी युकेले आगामी अगस्ट २९ तारिखका दिन रिडिङमा चौथो बृहत् नेवा मुना (भेला) आयोजना गर्ने भएको छ। प्रत्येक दुई दुई वर्षमा बेलायतभरिका नेवार समुदायका सदस्यहरू उपस्थित भई आफ्ना विभिन्न सांस्कृतिक झलकहरूका साथ बेलायतभरिबाट नेवार समुदायका छोराछोरीहरूले प्राप्त गरेका सफलताहरूलाई सम्मान गर्ने तथा नेवा: खानाहरूको प्रबर्द्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

सन् २००९ देखि गर्दै आएको नेवा: मुना पहिलो पटक लण्डनमा, दोस्रो पटक अल्डरसटमा, तेस्रो पटक सन् २०१३ मा प्लम्स्टिडमा तथा यस पटक रिडिङमा हुन लागेको हो। पासा पुच:ह गुठी युकेको केन्द्रीय कार्यक्रम भए तापनि प्रत्येक च्याप्टरहरूले पालै-पालो यसलाई आयोजना गर्ने परम्परा अनुसार यस पटक पासा पुच:ह गुठी युके रिडिङले संयोजन गर्न लागेको कुरा गुठीका महासचिव शिवजी श्रेष्ठले बताउनुभयो।

गत शनिबार जुलाई ११ मा बसेको केन्द्रीय समितिको बैठकले चौथो नेवा: मुना (भेला) आयोजक समितिको संयोजकमा पासा पुच:ह गुठी युके रिडिङका अध्यक्ष सुदर्शन श्रेष्ठलाई तोकेको छ। त्यसैगरी विभिन्न उप-समितिहरू गठन गरी त्यसको संयोजक्सहसंयोजकहरू पनि तोकेको छ। ती समितिहरूमा आर्थिक समिति संयोजक यादव श्रेष्ठ, सहसंयोजक दीपक श्रेष्ठ, मिडिया संयोजक कुशल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम संयोजक शुशिल प्रजापती, पुरस्कार तथा सम्मान समितिका संयोजक यादव श्रेष्ठ, स्वयंसेवक परिचालन समितिका संयोजक पासा पुच:ह गुठी युके साउथ लण्डनका अध्यक्ष चुत्र  बहादुर श्रेष्ठ, सहसंयोजकमा पासा पुच:ह गुठी युके रिडिङका उपाध्यक्ष त्रिरत्न तुलाधर, स्वागत समितिका संयोजक जानकी कायस्थ तथा मैजु   पुच:ह रिडिङ, अतिथि व्यवस्थापनमा संयोजक रमेश श्रेष्ठ तोकिएको कुरा मूल समितिका संयोजक तथा पासा पुच:ह गुठी युके रिडिङका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो।

आफ्नो कला भाषा तथा संस्कृतिलाई बेलायतमा पनि जगेर्ना गर्ने उद्देश्यका साथ गर्न लागिएको यस भेलामा नेवार लगायत अन्य जातजातिका नेपाली समुदायलाई पनि निमन्त्रणा गरिएको छ, बेलायतस्थित नेवा: समुदायले अधैर्य साथ प्रतिक्षा गर्ने गरिएको यस कार्यक्रममा एक हजारभन्दा बढि नेवार सदस्यहरूको उपस्थिति रहने अनुमान गरिएकोले सोही अनुसारको तयारी शुरु गरिएको कुरा आर्थिक समितिका संयोजक यादव श्रेष्ठले बताउनुभयो।

त्यसैगरी आफ्नो परम्परा अनुसार केटा पूजा (ब्रतबन्ध) तथा इही कार्यक्रम पनि आगामी जुलाई २६ मा प्लमस्टिडमा गर्ने निर्णय गर्दै त्यसको व्यवस्थापनको जिम्मा पासा पुच:ह गुठी, युके साउथ इष्ट लण्डनलाई दिइएको संयोजक पासा पुच:ह गुठी युकेका उपाध्यक्ष कुमार श्रेष्ठलाई तोकिएको छ।