लन्डन । श्रम मैत्री एनआरएन मुख्य मुद्धा शिरोपर गर्दै सिस्नुपानी नेपाल र एनआरएन युएईको संयुक्त आयोजनामा युएईमा दुई थोपा हाँसो कार्यक्रम हुने भएको छ । बिशेष गरि दिनरात मजदुर गरेर थाकिरहेका श्रमिकको मनहरुलाई हँसाई मानसिक तनाब कम गराउने मूल उदेश्यले यो कार्यक्रम आयोजना गरिन लागिएको हो ।
युएईमा दुई थोपा हाँसो लिएर हाँस्य कलाकार मनोज गजुरेल, हाँस्य कवि टंकराज आचार्य र योग प्रशिक्षक डाक्टर राजु अधिकारी युएई आउने भएका हुन् । कार्यक्रम यही २ फेब्रबरीमा हुने एनआरएनए दुबई छेत्रीय समितीका अध्यक्ष मदन अधिकारीले जानकारी दिए ।






