याङ्गुन। म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ ।
सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको जनाइएको छ ।
पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको छ । विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।
राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, ‘सुकीको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।’
आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताए । उनले भने, ‘बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।’






