तक्दीर अधिकारी
सिड्नी । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन सिड्नीस्थित विशेष कार्यक्रम शुभारम्भ भएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारको लागि नेपालका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सिड्नी आइपुगेका छन् ।
सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने भन्दै सरकारले नेपालमा तामझामको साथ भ्रमण वर्षको सुरुवाता गरको केहीदिनपछि मन्त्री भट्टराई अष्ट्रेलिया आइपुगेका हुन्। सिड्नीको सर्कुलर किमा आयोजित कार्यक्रमलाई मन्त्री भट्टराईले उद्घाटन गरेका हुन् ।
नेपाली दूतावासकी उपनियोग प्रमुख दुरपदा सापकोटाले सञ्चालन गरेको कार्यक्रममार्अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका नेपालका कन्सुलर दीपक खड्का र भिक्टोरियाका कन्सुलर चन्द्र योन्जोन,न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्का सभामुख जनाथानओड, एनएसडब्लुका पूर्व मेयर मेथान रिज पनि सहभागी थिए ।
नेपाली राजदुतावासको आयोजनामा गरिएको उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, स्थानीय काउन्सिलर, पूर्व काउन्सिलर तथा ठूलो संख्यामा नेपाली विद्यार्थीहरुको सहभागिता थियो ।
उद्घाटन पछि मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरुओपेरा हाउस जाने क्रममा पैदल यात्रुलाई असर पर्ने कारण देखाउदै सिड्नीको ओपेरा हाउसका सुरक्षा गार्डले रोकेका थिए ।
यस अघि सिड्नीको विभिन्न स्टेशनमा भेला भएर नेपाली समुदायले आगलगानी पीडितका लागि सहयोग संकलन गर्दै एकत्रित भएका थिए । विगत ३ महिनादेखि अस्टेलियाको जंगलमा आगो लागि भइरहेको छ । जसले गर्दा ठलो धनजनको नोक्सानी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । अग्निपीडितका लागि नेपालीहरु सहयोग संकलन गरेका हुन् ।
साउथ वेस्ट क्षेत्रलाई समेट्न लिभरपुल एरियाबाट एनआरएनए उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङले नेतृत्व गरेको टोली, त्यसैगरी वेस्ट सिड्नीबाट ब्लाक टाउनमा, नर्थ वेस्ट क्षेत्रका पारामाटा, नर्थ सिड्नीको होस्नबीमा विभिन्न प्लेकार्ड वितरण गर्दै टोली अगाडि बढेको थियो । साउथ इस्टको हर्सफिल, कोग्रा रकडेल नर्दन, आसफिल, रिभरउड, अभन, होमबुन, बेलाविस्ता, ग्रानभिल र क्याम्सीबाट पनि नेपालीहरुको सहभागिता थियो । उनीहरु सर्कुलर किमा जम्मा भएर भिजिट नेपाल २०२० को प्रारम्भ भएको घोषणा गरेका थिए ।






