काठमाडौं– नेकपा एमालेले बिहीबार काठमाडौं आइपुग्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा रात्रीभोज दिने भएको छ।
साँझ सात बजे होटल सोल्टीमा रात्रीभोज दिन लागिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार सोही रात्रीभोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेटवार्ता हुनेछ।
विदेशमन्त्री स्वराज बिहीबार दिउँसो ३ बजेपछि विशेष विमानबाट काठमाडौं आउँदै छिन्।
भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग दुई दिने भ्रमणका लागि नेपाल आउन लागि स्वराजको विस्तृत भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।






