राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका शीर्ष नेताका कारण तोकिएको समयमा नयाँ संविधान जारी हुन नसक्ने बताउनुभएको छ । मेची–महाकाली रथयात्राको तयारीका क्रममा आज बर्दिबास आउनुभएका अध्यक्ष थापाले सञ्चारकर्मीसँग कुरा गर्दै ‘तीन दल सत्तास्वार्थमा डुबेकाले’ उनीहरु नै नयाँ संविधानको बाधक हुन् भन्नुभयो । यही पुस ९ गतेदेखि झापाबाट मेची महाकाली रथयात्रा सुरू भई पुस १८ गते काठमाडौँमा सम्पन्न हुनेछ ।
संविधान नबन्ने खतरा छ : थापा






