गुल्मी जिल्ला समाज युकेद्वारा आशालाई चारलाख सहयोग

जनार्दन घिमिरे, गुल्मी,
विगत केही वर्षअघिदेखि समाज सेवामा सर्मपित भई वेलायतमा वस्ने गुल्मेलीहरुले स्थापना गरेको गुल्मी जिल्ला समाज युके ले यसपटक पनि अपांगताको क्षेत्रमा सहयोग पुराएको छ । समाजले विगत  लामो समयदेखि जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मी स्थित आशा अपांग केन्द्रलाई यस पटक चारलाख रुपैयाँ सहयोग उपलव्ध गराएको छ ।
सदा जस्तै समाजले विश्व अपांग दिवशको अवशरमामा लण्डनमा आयोजना गरिएको च्यारिटी कार्यक्रम मार्फत संकलन गरिएको उक्त रकम हालै एक कार्यक्रमका वीच समाजका सदश्य एवं साँस्कृतिक सचिव रुद्र थापामार्फत  आशा अपांग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमा साँस्कृतिक समितिका सचिव थापाले आशाले गुल्मीको अपांगताको क्षेत्रमा मात्र नभई छिमेकि जिल्लाका अपांगहरुलाई समेत समेटेर सहयोग गर्दै आएको र यस क्षेत्रका अपांगता भएका व्यक्तिहरुकालागि आशाको किरण फैलाएको वताउनु भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा थापाले आफुहरुले सहयोग गरेको रकमलाई संस्थाले सहिरुपमा सदुपयोग गरि राम्रो काम गर्दै आएको हुँदा आँउदा दिनहरुमा पनि केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले आफुले विभिन्न जिल्ला अनुभवको क्रममा गुल्मीमा आशा अपांग केन्द्रले गरेको काम देखेर अत्यन्तै प्रभावित भएको भन्दै, आफु जिल्लामा वस्दासम्म संस्थालाई गर्नु पर्ने सहयोगमा कुनै कमि नआउने वताउनु भयो । उहाँले विदेशमा वसेर पनि गुल्मी जिल्ला समाज यूकेले अपांगताको क्षेत्रमा पुराएको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको भन्दै आउँदा दिनहरुमा पनि अन्य क्षेत्रवाट पनि यस्तै सहयोगको खाँचो रहेको  वताउनु भयो ।
सोही कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले  अपांगहरुलाई दया र माया मात्र हैन उनीहरुलाई अवर समेत दिन सकेमा सपांगहरुले गर्न सक्ने सरहको काम उनीहरुले पनि गर्न सक्छन भन्ने मानसिकता राखेर सवैले सहयोग पुराउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
सोही समारोहमा तम्घास स्थित युवा समाजसेवी तम्घास स्थित वसपार्क निवासी हाल वेलायती सेनामा कार्यरत नारायण श्रेष्ठले आशा अपांग केन्द्रले गरेको कामवाट प्रभावित भएर सोही समारोहमा रु २० हजार रुपैयाँ नगद सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा गत वर्ष जस्तै यस पटक पनि तम्घास घर भई हाल लण्डनमा वसोवास गर्दैै आउनु भएका गुल्मी जिल्ला समाज युकेका सदश्य राम प्रसाद सापकोटाले आफ्नी स्वर्गीय माता नर्मदा सापकोटाको स्मृतिमा सामुदायीक विद्यालयवाट एसएलसीमा धेरै अंक प्राप्त गर्ने एक जना छात्र र एकजना छात्रालाई पुरस्कृत गरिएको थियो । यस पटक सामुदायीक विद्यालयतर्फवाट जिल्लामा उत्कृष्ट अंक ल्याउने महेन्द्र उच्च माविमा तम्घासमा अध्यनरत छात्र विजय वस्नेत र छात्रा एलीजा अर्याल लाई रु दश दश हजार नगद र प्रमाणपत्र सहित सम्मनित भएका थिए । विश्व अपांग दिवशको अवशरमा गुल्मी जिल्ला समाजले प्रत्यक वर्ष च्यारीटि कार्यक्रम गरि संकलन गरेको रकम आशा अपांग केन्द्रलाई हस्तान्तरण गर्दै आई रहेको छ ।