एक खुट्टाले लेखेर कक्षा प्रथम

गगनशिला खड्का

गुल्मी २४ पौष । सबैलाई थाहा छ – हिँडडुल गर्नका लागि खुट्टा अनिवार्य छ, लेखपढ गर्न र अन्य सबै कामका लागि हात अनिवार्य । दुई हात र एउटा खुट्टै चल्दैन भने त्यो व्यक्तिको विद्यालय शिक्षा कत्तिको सफल होला, कल्पना गर्न सक्नुहुन्छ ? सबैलाई लाग्छ विद्यालय शिक्षा त के स्वअध्यन सम्म सफल होला ।

DSC08042 copyतर समाजमा धेरै सवलाङ्गको व्यवहारमात्र होईन कल्पनालाई सम्म चुनौती दिँदै गुल्मीको दिगामका एक वालक विद्यालय शिक्षामा उत्कृष्ट भएर देखाउन सफल भएका छन् । उमेरले भर्खर १० टेकेका दिगाम १ रुक्से सिद्धदाना तल्लार निवासी ऋषीराम कंडेल एउटा खुट्टाको भरमा विद्यालय पुगेर अध्ययन गरी उत्कृष्ट भएर सबैलाई अचम्मित पारेका छन् । शारदा विधा मन्दिर दिगाममा कक्षा २ मा अध्यनरत कंडेल आफुसंगै अध्यन गर्ने १५ जना विधार्थीमा कक्षा प्रथम हुन्छन् । सबै विषयमा उनले शतप्रतिशत अंक ल्याउने गरेको विद्यालयका प्रधानाध्यापक नारायण पोखरेलले बताउनुभयो ।

बालकलाई विद्यालय ल्याउने लैजाने काम बुबा लक्ष्मणले गर्नुहुन्छ भने दिनभरी शौचालय ल्याउने लैजाने लगायतका काममा सहयोग विद्यालयले गर्ने गरेको छ । विद्यालयमा ध्यान दिएर पढ्ने र घरमा मेहनेत गर्ने गरेका कारण नै कक्षा प्रथम हुने गरेको उनका बुबा लक्ष्मणले बताउनुभयो । उनी अविभागकका एक मात्र सन्तान हुन् । उनको यो मेहनेतले गर्दा कुनै पनि व्यक्तिमा इन्च्छा शक्ती हुन्छ भने जस्तो सुकै बाधा र अवरोधलाई तोडेर पनि आफ्नो उदेश्यमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको प्रधानाध्यापक पोखरेलले बताउनुभयो । भविष्यमा डाक्टर बन्ने उनको सपना रहेको तर अपाङ्गताको कारण सपना पूरा हुन कठिन हुने भएपनि छोराले ईच्छा गरेजति पढाउने बुबा लक्ष्मणको भनाई छ ।