शेष घलेद्धारा एक अर्बको परोपकारी कोष स्थापना

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् । शेष घले र जमुना गुरुङले स्थापना गरेको एमआइटी फाउन्डेसनले स्थापित कोषमार्फत् दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने र स्रोत–साधन अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना तथा तालिमका लागि सहयोग गर्ने विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएयो ।
यस्तै, आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण क्षेत्रका न्यून आय भएका मानिसमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने घलेले जानकारी दिए । घलेले करिब ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माण पनि सुरु गरिसकेका छन् ।