काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका समर्थकहरुले आज (आइतबार) सामूहिक अनशन बस्ने जनाएका छन् ।
डा केसिको मागप्रति ऐक्यबद्दता जनाउदै तथा केसीको जीवनरक्षाका निम्ति बिहान १० देखि ५ बजेसम्म बसन्तपुर डबलीमा करिब २०० जना नागरिक अनशनमा बस्ने भएका हुन् ।
दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
सामूहिक अनशनमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी तथा सर्वसाधारण सहभागी हुनेछन् ।






