काठमाडौं- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा गोविन्द केसीको माग पुरा नभए देशका आगो बल्ने बताएका छिन् ।
डा.केसीको समर्थनमा निकालिएको जुलुसपछि वानेश्वरमा आयोजित सभामा उनले भनिन्
-डा.केसी कसैका कार्यकर्ता होइनन् । उनका माग पुरा गरौँ ।
-सरकारले भोट पाएको हो । उसले जनताले भनेको मान्नुपर्छ ।
-डा.केसीले जनताको आवाज बोलेको छ ।
-केसीको माग पुरा नभए देशमा आगो बल्छ ।
-सरकारले जनताले भनेको नमाने अनपपुलर हुन्छ ।
-समाजवाद कसरी आउँछ, सरकारमा बस्नेहरुले बुझ्नुपर्छ ।
नागरिक अगुवा कृष्ण पहाडी भने
-ओली र प्रचण्ड सत्ताको भुलभुलैयमामा अल्झिनुभएको छ, यो सामुहिक सत्याग्रहमा अनुवाद हुन सक्छ । सामुहिक गिरफ्तारीमा पनि जान सक्छ ।
-यो स्वाभिमान विरोधी सरकार हो । सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर नवीकरण नहुने धम्की दिइएको छ । गैरसरकारी संस्थाहरूप्रति यो सरकार पूर्वाग्रही बनेको उनको छ ।
खक खगेन्द्र संग्रौलाले चार महिना वित्न नपाउँदै केपी ओली नेतृत्वको सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको फौजी सत्ताको स्मरण गराएको बताए । उनले भने,
-चार महिना बित्न नपाउँदै ओली सरकारले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।’
-केसीको जीवन रक्षाको माग गर्न प्रदर्शनमा आएको नभइ आफ्ना पुराना कमरेड ओली र प्रचण्डलाई ‘नाक जोगाउ आएको हुँ ।






