श्रीनगर । पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो।
पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय संचारमाध्यमहरुका अनुसार सीमापारमा लगातार गोलीबारी भइरहेको छ ।






