धुर्कोट गाँउपालिका प्रमुखमा सर्वसम्मत बिकासप्रेमी नेता महेन्द्र भण्डारी

गुल्मी । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट गुल्मीको धुर्कोट गाउँपालिकामा सर्वसम्मत अध्यक्ष पदको उम्मेदवारको रुपमा चयन भएका छन ।

आज बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए ।

पालिका सभापति संगको संक्षिप्त कुराकानिमा थापाले  भने -‘महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ ।’

भण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा राम्रो माहोल बनाएका नेता हुन ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धनबाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।