अख्तियारले कारबाही सिफारिस गरेका २ मन्त्री फिर्ता गर्न प्रधानमन्त्रीको दबाब

काठमाडौं, १३ असोज – अख्तियारले कारबाही सिफारिस गरेका एमालेका २ मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

शुक्रबार शुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका हुन्।

मन्त्रीद्वयलार्इ पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले कारबाही प्रक्रिया अघि बढाउन भनेको थियो।