काँग्रेसबाट यी तीन मन्त्री दोहोरिन सक्छन्, गगन थापाको सम्भावना कम

काठमाडौँ– नयाँ सरकार गठनको प्रक्रियासँगै भावी मन्त्रीमण्डलका विषयमा समेत चासो हुन थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा काँग्रेसबाट तीन मन्त्री दोहोरिन सक्ने सम्भावना छ ।

काँग्रेस स्रोतका अनुसार भौतिक योजना मन्त्री रमेश लेखक, उद्योग मन्त्री नवीन्द्रराज जोशी र सिचाईं मन्त्री दीपक गिरी दोहोरिन सक्ने सम्भावना छ ।

काँग्रेका एक नेताका अनुसार लेखक सभापति देउवा समूहबाट, जोशी बरिष्ठ नेता रामचन्द्र पौडेल र गिरी महामन्त्री शशांक कोइरालाको समूहबाट मन्त्री बनिरहने सम्भावना छ ।

अन्य मन्त्री भने नयाँ अनुहार आउने सम्भावना रहेको काँग्रेस निकट स्रोत बताउँछ । स्वास्थ्य मन्त्री गगन थापा देउवा नेतृत्वको सरकारमा मन्त्रीमण्डलमा रहने सम्भावना कम देखिएको छ ।

काँग्रेस स्रोतका अनुसार गृहसहित उपप्रधानमन्त्री पाए कृष्णप्रसाद सिटौला आफै सरकारमा सहभागी हुनेछन् । यदी यस्तो भएन भने यसपाली सिटौलाले आफ्नो समूहबाट भीमसेनदास प्रधानलाई मन्त्रीपरिषद्मा पठाउने छन् । काँग्रेस स्रोतका अनुसार देउवाले सिटौला समूहलाई एक मन्त्री र एक राज्य मन्त्री दिने छन् ।