बोआओ फोरमलाई प्रम ओलीको सम्बोधन

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उदय भइरहेको एसिया एक्काइसौं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताउनुभएको छ ।

बोआओ फोरमलाई आज सम्बोधन गर्दै उहाँले विश्व अर्थतन्त्रलाई थप मजबुत बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेको छ भन्नुभयो ।

“एसियाली मुलुकहरुले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई आँैल्याइदिएको छ” – उहाँले भन्नुभयो ।
नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरु खोलिरहेको बताउँदै उहाँले भन्नुभयो – यस्ता नवीन खोजले मानवको हित सम्बद्र्धन गर्नुपर्छ । हरेक राष्ट्रलाई बेरोकटोक प्रविधिमाथिको पहुँच हुनुपर्छ ।

“एसियालाई समृद्ध बनाउन हाम्रा प्रयासले सहयोगको यस्तो ढाँचा तयार गर्नुपर्दछ जसले अवसर र लाभलाई समान रुपले वितरण गर्नेछ” – उहाँले थप्नुभयो ।