बेलायतमा रहेका विदेशी विद्यार्थीको पक्षमा फैसला

The Chancellor Presents The Final Budget Before The 2015 General Election

लन्डन- अमेरिकी कम्पनी इटिएसले प्रदान गरेको टोइक अंग्रेजी परीक्षाको सर्टिफिकेटलाई लिएर बेलायती गृह मन्त्रालयले गरेको आशंका निवारण गर्दै बेलायतको अपर ट्राइबुनलले विद्यार्थीको पक्षमा फैसला गरेको छ ।

करिब ४६ हजार अन्तर्राष्ट्रिय विद्यार्थी प्रत्यक्ष प्रभावित हुने गरि गृह मन्त्रालयले टोइक अंग्रेजी परीक्षाको सर्टिफिकेट नक्कली भएको दाबी गर्दै विद्यार्थीका भिजा रद्द गरिदिने, स्वदेश फर्काउने वा भिजा भइसकेपनि अन्तर्वार्ताका लागि बोलाएर मानसिक तनाव दिई डिटेन्सन सेन्टरमा राख्दै आएको थियो ।

नेपाली सोलीसिटर राजु थापाले यो निर्णयले अन्तराष्ट्रीय बिधार्थीहरुमा सकारात्मक सँकेत देखीएतापनी होम अफिसलाई सो निर्णय उपर पुनराबेदन गर्ने अधिकार पनी छ। होम अफिसले पुनराबेदन गर्ने जानकारी दिईसकेको छ । सामान्यतया धेरै जसो बिधार्थीहरु टोइकको कारणबाट फर्किसकेको तथ्यबाट थोरै बिधार्थीहरुले मात्र यस निर्णयबाट लाभान्वित हुने छन । टोइककै कारणबाट भिषा थपिने होईन र भिषाको लागी सामान्यतया अध्यागमनको नियम प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

न्यायाधीश म्याक क्लोस्कीको इजलासले गृह मन्त्रालयले दाबी गरे जस्तो विद्यार्थीले अंग्रेजी परीक्षामा अवैध काम नगरेका पर्याप्त प्रमाण नभएको फैसला सुनाएका हुन् । चर्चित ब्यारिस्टर जेन मलिकले यस मुद्दालाई अदालत लगेका थिए ।

टोइक अवैध हो भने होम अफिसले त्यो सर्टिफिकेटलाई पहिले किन मान्यता दिएको भन्ने तर्क समेत गरेका थिए ।

बेलायती अखवार इन्डिपेन्डेन्ट अनलाइन संस्करणले भने इमिग्रेसन ट्राइबुनलको फैसलाका कारण गृह मन्त्री टेरेजा मेले संसदीय सुनुवाइको सामना गर्नुपर्ने जनाएको छ ।