नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलालाई अस्ट्रेलियामा सम्मान

सिड्नी । नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाले नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलालाई सम्मान गरेको छ । अस्ट्रेलियामा आएकी उनलाई समितिले स्वागत सहित सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शुरेस आचार्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले नागरिकता विद्येयक नयाँ राष्ट्रपतीको आगमनसगै पारित हुने बताईन् । उनले अहिलेको राजनैतिक परिस्थिति फेरी पुरानै शक्तिबीच मिलनको बिन्दुमा पुगेको भन्दै यो सकारात्मक सन्देश भएको बताईन् । उनले विदेशको श्रम, सीप र लगानी नेपालमा प्रयोग गर्न सके आर्थिक विकासमा फड्को मार्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा जनसम्पर्क समितीका पुर्व अध्यक्ष कृष्ण गिरी, चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पुणर्नाथ घिमिरे, जनसम्पर्क समिति एनएसडब्लु राज्य संयोजक शितल खाँड लगायतले बोलेका थिए ।

जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङले प्रखर महिला नेतृ एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला सगौंलालाई अस्ट्रेलियामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

जनसम्पर्क समितीका महामन्त्री समित केसीले सन्चालन गरेको कार्यक्रममा अर्का महामन्त्री रोहित खड्का ,उपाध्यक्ष राजेश केसी लगायतले केन्द्रिय सदस्य संग्रौला र सन्चारकर्मी आचार्यलाई स्वागत गरेका थिए ।

कार्यक्रममा एनआरएन आइसीसीका सदस्य बुद्धी डल्लाकोटी, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी ,मल्टी डाइनामिक अर्वनका निर्देशक तथा एनएडीएफका पुर्व अध्यक्ष डिल्ली ढकाल,
एनआरएनका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल ,नयाका अध्यक्ष निर्जन चौलागाइ , एकाका उपाध्यक्ष कोमल पाठक लगायतको सहभागीता रहेको थियो ।