सिड्नी।अस्ट्रेलियाकाे सिड्नी स्थित ग्रान्भिलमा नेपाली दम्पतीबिच झगडा हुँदा श्रीमानको मृत्य भएको छ । श्रीमतीलाई ,श्रीमानको हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। आफु रोएर सन्तानलाई हँसाउन चाहने आफनै श्रीमान्को हत्या:गर्ने कति निर्दयी श्रीमती:आखीर किन गरिन हत्या ?

गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका अनुसार मृत्यु हुनेमा नेपालको बुटवल निवासी ३४ बर्षाका सन्तोष गौतम रहेको जनाएकाे छ । टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति पारामेडिक्सले अस्पताल पुर्याएका थिए ।
उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार राति उनीहरुबिच झगडा हुदा धारिलो हतियार प्रयोग भएको अनुमान गरिएकाे छ । सन्तोष स्था’नीय एक मोटर ग्या’रेजमा काम गर्ने र स्थानीय क्रिकेट क्लबका खेलाडी समेत थिए।गौतम दम्पत्तिको एक छोरी रहेको जनाएकोछ ।
घाइते युवतीको अवस्था सामान्य रहेकाे र हत्या आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई पारामाटा अदालतमा पेश गरिने प्रहरीले विज्ञप्ती मार्फत जानकारी दिएकाे छ ।घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।






