लण्डन । बेलायतस्थित एक अग्रज तथा समाजसेवी अङकलजंग लामाको निधन भएको छ । उनको हृदयाघातका कारण नेपालमा निधन भएको हो ।
प्रवासी नेपाली मञ्च (तत्कालिन नेपाली लोकतान्त्रिक मञ्च) यूकेका संस्थापक अध्यक्ष ५७ वर्षीय लामाको काठमाडौं बौद्धमा मर्निङ वाकमा निस्किएका बेला ढलेर बेहोस भएका लामालाई अस्पताल पुर्याउँदा मंगलबार काठमाडौंमा निधन भएको हो । लामालाई ह्दयघात भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्य स्वर्गीय लामा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको सल्लाहकार परिषदका वर्तमान सदस्य हुन् ।
स्वर्गीग लामा तीन दशकभन्दा अघि बेलायत आइसकेका यहाँको नेपाली समुदायका एक अग्रज हुन् । उनका श्रीमती र दुई छोरा बेलायतमै बस्दै आएका छन् ।
उनको असामयिक निधनले बेलायतको नेपाली समुदाय मर्माहत बनेको छ ।






