बेलायतमा‘गोर्खा कप’ मे २६ मा‘ हुने’फरक छन् आकर्षण ?

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्दै आएको ‘गोर्खा कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमुधिं यूकेले शनिवार मिचेटस्थित आफ्नै भवनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘गोर्खा कप’ आउँदो मे २६ तारिख क्वीन्स एभ्न्यू, अल्डरसट स्पोर्टस सेन्टरमा हुने खेलको जानकारी गराएको हो । बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कप यो २२ औं संस्करण हो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष हरि गुरुङले गत वर्षहरुमा भन्दा यस पटकको खेलमा नयाँपन दिन खोजिएको बताए । उनले खेलको आवश्यक तयारी पूरा भएको जानकारी दिदैं खेलमा सहभागिताको लागि आब्हान गरे ।

गोर्खा कप संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले २२ औं गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिमले प्रतिष्पर्धा गर्ने जनाए । भेट्रानमा यसपटक दोब्बर वृद्धि गरि १६ टिमबीच प्रतिष्पर्धा गराइनेछ । गत वर्ष यो क्याटेगोरीमा जम्मा ८ टिम सामेल थिए ।

मेन वर्गीकरणमा पहिलो हुने टिमले ३०००, रनरअपले १८०० पाउण्ड, ट्रफी एवं सर्टिफिकेट पाउनेछन् भने भेट्रान टिम वीनरले १५००, रनरअप १२०० पाउण्ड, लेडिज वीनर ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने संयोजक घलेले बताए । वेष्ट प्लेयरलाई गोर्खा वाच दिइनेछ ।

संयोजक घलेले फुटबल स्तरवृद्धि, युवाहरुमा लागूऔषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसंग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्सहित गोर्खा कप गर्न लागिएको बताए ।गोर्खा कप फुटबल प्रतियोगितामात्र होइन्, यहां खाना र व्यापारिक स्टल समेत रहनेछन् ।

स्टल संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले यो पटक रेष्टुरेन्टका १८, लत्ता कपडाका २६, नेपाली हस्तकलाका १० र व्यापारिक ६० स्टल रहने जानकारी गराए। अल्कोहल विक्री भने प्रतिवन्ध छ ।

गोर्खा कपको मुख्य आकर्षण मानिने प्यारासुट जम्प भने विविध कारण यसपटक नगराइने भएको छ । ठेलो खेल रद्द गरिएको छ ।

सो अवसरमा व्यवसायिक फुटबलरहरु कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ ।

खेल संयोजक घलेले गोर्खा कप सम्पन्न गर्न तीनसय बढी स्वयंसेवक खटिने जनाए ।५५ हजार पाउण्ड खर्च हुने अनुमान छ । गत वर्ष ४८ हजार ८०७ पाउण्ड खर्च भएको थियो ।

तमु धिं युके अध्यक्ष हरि गुरुङले सबैले साथ र सहयोग दिएर कार्यक्रम सफल बनाउन आग्रह गर्दै “ तमु धिंले आयोजन गर्ने भए पनि यो बेलायतमा रहेका सबै नेपालीहरुको साझा कार्यक्रम भएकोले एक जुट भएर सफल बनाउन म आह्वान गर्दछु ।”उनले भने,

संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,पूर्वअध्यक्षहरु सूर्जे रामचन्द गुरुङ, ज्ञाम गुरुङ, नन्दजङ गुरुङ, हितकाजी गुरुङ लगायतको उपस्थिति थियो। पत्रकार सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए ।