मुखले चुसेरै निकल्छिन पेटभित्रको पत्थरी

 

चिकित्सा विज्ञानलाई ठाडो चुनौती – माताले पत्थरी मुखले चुसेरै निकल्छिन

मोरङ, फागुन २६ । मुखले चुसेर पथरीयाका रोगीको पेटभित्रबाट ढुंगा निकाल्न सकिन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर मोरङको शिसवनीजहदाकी एक महिलाले भने दैविक शक्तिको प्रभावका कारण आफूभित्र सो क्षमता रहेको दाबी गरेकी छन् ।

पत्याउनै मुस्किल पर्ने यो दृश्यले चिकित्सा विज्ञानलाई ठाडो चुनौती दिएको छ । बिना अप्रेसन पथरीयाको बिरामीको किडनी, गल ब्लडर र पेटभित्रको ढुंगा चुसेरै निकालिने हल्ला फैलिएपछि मोरङको सिसवनीजहदा–८ स्कुलटोल, सोहेलमा बिरामीहरुको भीड लाग्ने गरेको छ । मोरङ सिसवनीजहदाकी ३७ वर्षीय पारोदेवी मण्डलले मुखले चुसेरै अहिलेसम्म हजारौं पथरीयाका बिरामीको ढुंगा निकालिसकेको दाबी गरेकी छन ।

प्रत्येक मंगलबार र बिहीबार आफ्नै आँगनमा विशेष अनुष्ठानको आयोजना गरेर उनले बिरामीको ढुंगा निकाल्ने र अन्य शारीरिक कष्टहरुको उपचार गर्दै आएकी छन् । उनी पथरीयाका बिरामीहरुलाई लस्करै आँगनमा सुताउँछिन् र पालैपालो पेटभित्रको ढुंगा मुखले चुस्दै फुत्तफुत्त थालमा राख्छिन् । निकालिएको ढुंगा तत्कालै बिरामीलाई दिएर पठाइन्छ । विराटनगर–१३ तीनटोलियाबाट सो ठाउँ पुगेका संजय शर्माले समेत मंगलबारै चमत्कारिक शक्तिबाट आफ्नो पेटभित्र रहेको ५ एमएमको ढुंगा निकाल्न लगाए । उनले ढुंगा निकालिसकेपछिको आफ्नो अनुभव यसरी सुनाए ।
भारतको विहार कटिहारका सत्यमकुमार सिंहले आफूले दिल्लीमा उपचार गराउँदा पेटभित्र ३ वटा ढुंगा फेलापरेको बताउँदै यसअघि सोही ठाउँ आएर २ वटा ढुंगा निकालिसकेको र अन्तिम ढुंगा निकाल्न फेरि आएको बताए । मोरङकै दर्वेशाकी अनितादेवी सरदारलाई समेत विराटनगरमा जाँच गराउँदा पेटमा ४.४ एमएमको ढुंगा रहेको पुष्टि भएपछि उपचारका लागि आएको बताइन् ।
-मकालु टेलिभिजन