एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज क्षेत्र नम्बर ४ भैरहवा र सशस्त्र प्रहरीको एपीएफ तथा क्षेत्र नम्बर ६ बैतडी र क्षेत्र नम्बर ३ काठमाण्डौंले प्रतिस्पर्धा गर्दैछन् । क्वाटरफाइलका खेलहरु किर्तिपुरस्थित क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुनेछ । हिजो भएका खेलबाट पोखरा र भैरहवा विजयी भएका थिए ।
एक दिवशीय विश्वकप क्रिकेटमा आजदेखि क्वाटरफाईनल चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो क्वाटरफाईनलमा श्रीलङ्का र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । श्रीलंका समुह ए मा तेस्रो स्थान ओगट्दै क्वाटरफाईनलमा पुगेको हो भने दक्षिण अफ्रिकाले समुह बी मा दोस्रो हुँदै क्वाटरफाईनलमा स्थान बनाएको हो । जारी प्रतियोगितामा लगातार चार शतक बनाएर विश्व कीर्तिमान राखेका श्रीलंकाका ब्याट्सम्यान कुमार सांगाकारा आजको खेलको आकर्षणको रुपमा रहेका छन् । प्रतियोगितामा भोलि भारत विरुद्ध बंगलादेश तथा पर्सि पाकिस्तान विरुद्ध अष्ट्रेलिया भिड्नेछन् ।
सशस्त्र र बैतडी भिड्ने






